पोखरा । पोखराको कास्की सेवा अस्पतालमा सोमबार राति निधन भएकी ५० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।
मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिला रहेकी छिन्। उनको सोमबार राति ११:३६ बजे निधन भएको थियो भने मंगलबार बिहान कोरोना रिपोर्ट पोजिटिभ आएको थियो।
निमोनिया देखिएपछि ती महिला साउन ३२ मा उक्त अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका निर्देशक डा. पदम खड्काका अनुसार उनलाई मुटुरोग र मधुमेह समेत रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
