थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा मात्रै १६८ थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन्। जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो।

कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन्।

More News last news
Loading...