बारामा वडा अध्यक्षसहित ६५ जनामा कोरोना, भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

रौतहट । एकैदिन वडा अध्यक्षसहित ६५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै बारामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। दैनिक रुपमा संक्रमित बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

आम नागरिकको जीवनरक्षा तथा रोग संक्रमण नियन्त्रण गर्न आज बसेको कोभिड समन्वय समितिको बैठकको निर्णयअनुसार भोलि बिहान ५ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बाराका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको सिडिओ रुद्रप्रसाद पण्डितले जानकारी दिए।

Advertisement

आईतबारको रिपोर्टअनुसार संक्रमित पुष्टि हुनेहरु जीतपुर सिमरा उपमहानगरपालिकामा ३५ जना, महागढीमाई नगरपालिकामा १७ जना, करैयामाई गाउँपालिकामा १० जना र कलैया उपमहानगरपालिकामा ३ जनामा कोरोनाको संक्रमण देखा परेको सिडिओ पण्डितले जानकारी दिए।

साउन २९ गते बिहिबार १०८ जनाको नमूना सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाइएकोमा त्यसमध्ये ३५ जनामा कोरोनाको संक्रमण देखिएको सिमरा क्वारेन्टाईनका डा. दिपक गिरीले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट आएको रिपोर्टमा महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० गञ्जभवानीपुर टोलका १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । वडा नम्बर ३ का वडा अध्यक्षमा पनि कोरोनाको संक्रमण देखिएको छ।

त्यस्तै वडा नम्बर १० का १ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्गमा परेका ९७ जनाको स्वाव पठाइएकोमा आईतबार १७ जनामा संक्रमण पुष्टि भएको छ भने ७ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

More News last news
Loading...