कास्की र तनहुँमा थपिए ९ संक्रमित

दुलेगौँडा । आज बिहानै कास्की र तनहुँमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७१८ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका दुई जिल्ला कास्की र तनहुँमा ९ जना कोरोना संक्रमित थपिएका हुन् । कोरोना पोजेटिभ देखिनेहरु कास्कीका ५ र तनहुँका ४ जना रहेका छन् ।

Advertisement

सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

More News last news
Loading...