चितवनका डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
चितवनस्थित भरतपुर अस्पताल, कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना संक्रमण पुष्टि हुने मध्ये सबैभन्दा धेरै भरतपुरका रहेका छन् । भरतपुर महानगरपालिकाका मात्रै २१ जनामा कोरोना पोजेटिभ देखिएको हो । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन्।

Advertisement

संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत रहेका छन् । कोरोना पोजेटिभ देखिएका चिकित्सक नर्सहरुको एकिन संख्या भने आउन बाँकी छ ।

यस्तै चितवनको रत्ननगरका ४ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । रत्ननगरमा कोरोना पोजेटिभ देखिनेहरुमा २५, ३२ र ३६ वर्षीय पूरुष तथा ३५ वर्षीया महिला रहेका छन् ।

भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएकी सर्लाहीकी २९ वर्षीया महिला र चितवनको खैरहनी नगरपालिका–८ को क्वारेन्टिनमा बसेका २ जना ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

 

More News last news
Loading...