पोखराका एक पुरुष सहित गण्डकीमा थप ३ जनामा कोरोना पुष्टि

पोखरा । पोखरा महानगरपालिका–२७ का एक पुरुषसहित गण्डकीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार दिउँसो २७ नं. वडाका ४१ वर्षीय पुरुष, पर्सा घर भई स्थानीय ठेगाना नखुलेका ४२ वर्षीय पुरुष र बागलुङ नगरपालिका १० का ३२ वर्षीया महिलामा कोरोना भाइरस देखिएको जनाएको हो।

Advertisement

निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो।

संक्रमितलाई अहिले आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ। यस अघि आज बिहान पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३ पुगेको छ।

More News last news
Loading...