पछिल्लो २४ घण्टामा मात्रै काठमाडौँ उपत्यकामा १२७ कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १२७ जना कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौँ जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

यो सँगै नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...