एजेन्सी । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ। यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार गरेको दाबी गरे।
रुसको स्वास्थ मन्त्रालयमा यो भ्याक्सिन दर्ता भइसकेको छ। पुटिनले बताएअनुसार उनकी छोरीले यो भ्याक्सिनको डोज लिइसकेकी छिन्।
रुसको दाबीपछि अहिले पुरै विश्वमा यसको चर्चा सुरु भएको छ। के विश्व स्वास्थ संगठनले यसलाई अनुुमति देला ? यदि दियो भने कसरी यस भ्याक्सिनको प्रयोग अघि बढ्छ ? के भारतसहितका दक्षिण एशियाली देशमा यो भ्याक्सिन प्रयोगमा आउनेछ ? यी र यस्ता महत्वपूर्ण सवाललाई आउनुस् १० बुँदामा बुुझौं ।
१) रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगस्टमा टिभीमार्फत कोरोना भ्याक्सिन बनाइएको जानकारी विश्वलाई दिए । पुटिनकाअनुसार रुसले विश्वकै पहिलो कोरोना भ्याक्सिन बनाएको हो। करिब दुुई महिनाको ह्युमन ट्रायलपछि यो भ्याक्सिनलाई रुसमा अनुमति दिइएको उनले दाबी गरे।
२) यस भ्याक्सिनको नाम ‘स्पुटनिक पाँचौ’ हो । यो नामको विशेष अर्थ छ । स्पुटनिक विश्वको पहिलो स्याटेलाईट हो, जसलाई सोभियत युनियनले १९५७ मा लन्च गरेको थियो । यही स्याटेलाईटसँग जोडेर संसारको पहिलो कोरोना भ्याक्सिनको नामाकरण गरिएको छ ।
३) पुुटिनका अनुसार भ्याक्सिनको पहिलो प्रयोगका लागि उनले आफ्ना दुुई छोरीमध्ये एकलाई रोजे । भ्याक्सिन लिएपछि पुटिनकी छोरीलाई हल्का ज्वरो आयो । कोरोना संक्रमित पाइएपछि उनलाई यो भ्याक्सिन दिइएको थियो । यसपछि उनको स्वास्थ तिव्र रुपले सुुधार भयो, एकै दिनमा ज्वरो पनि आफैं कम भयो ।
४) यो भ्याक्सिन रुसको गामालिया नेशनल सेन्टरले तयार गरेको हो । यस भ्याक्सिनका लागि एक अलग भाइरस ‘एडेनोभाइरस’ को प्रयोग गरिएको छ । यस्तै खाले भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालय र चीनमा पनि विकास हुँदैछ ।
५) रुसको रक्षा मन्त्रालयले भ्याक्सिन निर्माणमा गामालिया नेशनल सेन्टरलाई सहयोग गरेको छ । यसको क्लिनिकल ट्रायल १ सय प्रतिशत सफल भएको दाबी गरिएको छ । क्लिनिकल ट्रायल १८ जुनमा सुरु गरिएको थियो । यस ट्रायलमा ३८ स्वयंम्सेवक सहभागी थिए । ट्रायलका दौरानमा यी स्वयंम्सेवकमा भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकसित भएको थियो । ट्रायलपछि पहिलो समूहलाई १५ जुलाई र दोस्रो समूहलाई २० जुलाईमा डिस्चार्ज गरियो ।
६) अझैसम्म पनि यो भाइरसको अन्तिम ट्रायल पूरा भइसकेको छैन । यस्तोमा यसले स्वीकृति पाउने विषयलाई लिएर पनि प्रश्न खडा छ । यता, रुसी कम्पनी सिस्टेमाले यसै वर्षको अन्त्यसम्म भ्याक्सिनलाई ठूलो परिमाणमा उत्पादन गर्ने जानकारी दिएको छ।
७) रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरिल डिमिट्रोभका अनुसार रुसलाई यसअघि नै २० भन्दा धेरै देशबाट यस भ्याक्सिनको १ अर्बभन्दा धेरै डोजका लागि माग आइसकेको छ । भ्याक्सिनलाई सेप्टेम्बर महिनाबाटै ठूलो परिमाण उत्पादन गर्न थालिने र अक्टुुबरमा अझै धेरै मात्रामा उत्पादन गर्ने लक्ष्य पनि रुसको छ ।
८) अनौठो कुरा त भ्याक्सिनलाई तेस्रो चरणको ट्रायल सुरु हुनभन्दा पहिले नै रुसी स्वास्थ मन्त्रालयले दर्ता गरिसकेको छ। फेज ३ को ट्रायलमा ठूलो संख्यामा सहभागीहरुलाई खोप लगाईन्छ । आम रुपमा यस ट्रायल सफल भएपछि मात्रै भ्याक्सिनलाई सर्वसाधारणको प्रयोगका लागि अनुमति दिइन्छ ।
९) भ्याक्सिनको एडभान्स क्लिनिकल ट्रायल अर्थात् तेस्रो चरणको ट्रायल १२ अगस्टदेखि सुरु हुँदैछ । यस ट्रायलमा युुएई, साउदी अरेबिया, फिलिपिन्स र ब्राजिल पनि समावेश हुनेछ । पहिलो र दोस्रो चरणको ट्रायल १ अगस्टमा पूरा भइसकेको छ । यो पनि भनिएको छ कि यस अवधिमा यो भ्याक्सिन ठूलो संख्यामा स्वयंम्सेवकहरुलाई दिइनेछ । रुस प्रशासनले यो पनि भनेको छ कि मेडिकल स्टाफ, टिचर्सलगायत व्यक्ति, जो ज्यादा जोखिममा छन्, उनीहरुलाई सबैभन्दा पहिले यो भ्याक्सिन दिइनेछ।
१०) यसअघि विश्व स्वास्थ संगठनले तेस्रो चरणको ट्रायल समाप्त भएपछिमात्रै भ्याक्सिनले स्वीकृति पाउने जनाएको थियो। तेस्रो चरणको ट्रायलअघि नै कुनै भ्याक्सिनको उत्पादनका लागि लाइसेन्स जारी गर्नु निकै खतरनाक कदम हुने डब्ल्युएचओले जनाएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
