काठमाडौँ । पछिल्लो समय नेपाल र भारतबीचको कुटनितिक सम्बन्धको हतियार धार्मिक आस्थामाथि प्रहार भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भएको अभिव्यक्ति दिइरहेका बेला भारतले पनि गौतम बुद्ध भारतीय भएको दाबी गरेको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका हुन् । शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका हुन्।
‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।’
यता राम जन्मभूमि अयोध्या नेपालमै पर्छ भन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शनिबार चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसँग दुई घण्टा लामो छलफल गरे । छलफलमा उनले राम नेपाली भएकोमा कुनै शंका नभएको उल्लेख गरे ।
प्रधानमन्त्रीनिवासमा आयोजना गरिएको लामो छलफलमा प्रधानमन्त्री ओलीले माडीस्थित अयोध्यापुरीको खोजी र अनुसन्धान गर्नेतर्फ खासै जोड दिएनन् । धेरै हजार वर्ष पहिलेको राम जन्मभूमिको प्रमाण नभेटिने भन्दै बरु ‘शास्त्रीय उत्खनन्’लाई नै आधार मानेर अब मन्दिर निर्माणतर्फ ध्यान दिने मनसाय देखाए ।
त्यसपछि प्रधानमन्त्री ओलीले उक्त स्थानमा रामको मन्दिर कस्तो बनाउने भन्ने विषय पनि उठान गरे । उनले अयोध्यापुरी नेपालमै भएको कुरामा कुनै शंका नगर्न आग्रह गर्दै अब मन्दिर कस्तो बनाउने भन्ने प्रश्न बैठकमा सहभागीसँग प्रधानमन्त्रीले राखेका थिए ।
केही समयअघि प्रधानमन्त्री ओलीले राम नेपाली भएको र रामको जन्मभूमी नेपालमै रहेको अभिव्यक्ति दिएका थिए।
पूरा जानकारी भिडियोमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
