काठमाडौँ । बन्दाबन्दीको समयमा पनि सुनकोशी गाउँपालिका वडा नं ६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएका छन्।
ती खानेपानी आयोजनामार्फत् अमारे र न्यौपानेटारका घरहरुमा ५९ धारा निर्माण भई चारसय तेइस जना लाभान्वित भएका छन्। अमारेका ३९ घरमा धारा निर्माण भई १४५ पुरुष १३६ महिला गरि जम्मा २८१ जना र न्यौपानेटारका २० घरमा धारा निर्माण पश्चात ७२ पुरुष र ७० महिला गरि जम्मा १४२ जना प्रत्यक्षरुपमा सुरक्षित खानेपानीबाट लाभान्वित भएका हुन्।
नेपाल रेडक्रसको आव्हानमा स्थानीय सुनकोशी गाउँपालिका र स्थानीय बासिन्दाको सहयोग र सहभागितमा यो सफलता भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए।
उनले भने, रेडक्रसको ७० प्रतिशत र स्थानीय पालिका तथा बासिन्दाहरुको ३० प्रतिशत रकम लगानी भएको छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ र सुनकोशी गाउँपालिका सिन्धुलीको आर्थिक साझेदारीमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको पहलमा निर्माण कार्य सम्पन्न भएको हो।
तुरतुरे खानेपानी आयोजना निर्माण गर्न रेडक्रसको रु, २१,६०,८९३.७२, सुनकोशी गाउँपालिकाको रु ७,९५,५०८.१३ र समुदायको रु १,२०,४६८.१६ गरि कुल रकम रु. ३०,७६,८७०.०१ खर्च भएको नेपाल रेडक्रस सोसाइटी सिनधुली जिल्ला शाखाका बास अधिकृत जयनारायण चौधरीले जानकारी दिए।
त्यसैगरि निगौली ओडारे खानेपानी आयोजनामा रेडक्रसको रकम रु १५,३५,५४०.९४, सुनकोशी गाउँपालिकाको रु ४,७७,८०८.३१ र समुदायको रु ८१,१,७७.७७ गरि कुल रकम रु २०,९४,५२७.६२ को लागतमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो।
सुनकोशी गाउँपालिकामा ६ वटा यस्ता खानेपानी आयोजना सुरुभएकोे र ती सबै योजनाकोलागि गाउँपालिकाले सहयोग गरेकोमा धन्यवाद दिदै नेरेसो सिन्धुलीका सभापति अशोक श्रेष्ठले तेस्रो योजना एकहप्ता भित्र सम्मन्न गरिने र बाँकी ३ वटा आगामी २ महिनामा सम्पन्न हुने जानकारी दिए।
उनले भने, लकडाउन नभएको भए सबै योजना अहिलेसम्म पूरा भैसकेका हुनेथिए। सुख्खा क्षेत्रमा खानेपानी पुर्याउन सहयोग गर्न पाएकोमा हामी खुशी छौँ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
