काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । काठमाडौँ उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको कोभिड-१९ नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा उपत्यका ३ जिल्लामा ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको हो।

Advertisement

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँ ५६, ललितपुर ३ र भक्तपुरमा ३ संक्रमित फेला परेका छन्।

२४ घन्टाको अद्यावधिक विवरणमा शुक्रबार उपत्यकामा १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो।

More News last news
Loading...