आज नगरपालिकाका मेयरसहित ५५ जना नयाँ संक्रमित थपिए

पर्सा । नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको परीक्षणमा पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक जना संक्रमित सर्लाही र ३ जना बाराका बासिन्दा हुन् । ५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ।

पैसा तिरेर स्वयं परीक्षण गराएका १३ जनामा कोरोना संक्रमण देखिएको छ। नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.  मदनकुमार उपाध्यायका अनुसार ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको छ।

Advertisement

संक्रमित हुनेमा बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह पनि रहेका छन् । साउन २१ गते नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका मध्ये मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफ र आर्मी ब्यारेकका थप एक जवानमा कोरोना देखिएको छ।

अन्य संक्रमित हुनेहरुमा वीरगन्ज आदर्शनगरका ६ जना, श्रीपुरका ४ जना, मुर्लीका २ जना, नगवाका ४ जना, रेशमकोठीका एक र विर्ताका एक जना रहेका छन्।

More News last news
Loading...