काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेशका मन्त्रीको सम्पर्कमा आएपछि प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षण गरिएको हो।
प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना पोजिटिभ देखिएको थियो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै यसबारेमा जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री ओली, सुवासचन्द्र नेम्वाङ, डाक्टर शिवमाया तुम्बाहाङ्फेलगायत सात जनाको रिपोर्ट नेगेटिभ आएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
