नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा बिहीबार कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ।

वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ बर्षका पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

Advertisement

बिहिबार बिहान करिब ८ बजे मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा बिहीबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।

मृतक मुटुरोगी, निमोनिया र श्वास प्रश्वासको समस्या देखिएपछि गत मगंलवार दिउँसो कोभिड अस्पतालमा लगेर भर्ना गरिएको मेसु डाक्टर उपाध्यायले बताए।

यस्तै, गत साउन २० गते राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ मुर्लीका ८० वर्षिय बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायण अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए।

डा. सिँहका अनुसार, नारायणी अस्पतालको प्रयोगशालाबाट बिहिबार साँझ प्राप्त रिपोर्टमा ती बृद्धको पनि पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

More News last news
Loading...