काठमाडौँ । पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटीको घोषणा भएको छ।
भक्तपुरको रफत सञ्चार क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको हो।
पुष्पकमल दाहालको नेतृत्वमा जनयुद्धदेखि नै नेकपा माओवादी, माओवादी केन्द्र हुँदै नेकपामा आइपुग्दा पनि पार्टी सत्ताको वरिपरि मात्रै घुमेको, देशको समृद्धि, विकास, राजनीतिक निकास नेकपाबाट नहुने आरोप लगाउँदै उनले तत्कालीन नेकपा (माओवादी) मा रहेर काम गरेका नेता तथा कार्यकर्ता सङ्गठित भई पुरानो पार्टीलाई ब्युझाउनु परेको भनाइ राखे।
पत्रकार सम्मेलनमा नवगठित नेकपा (माओवादी)का उपाध्यक्ष एवं प्रवक्ता डेनिस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा वर्गको मागलाई नेकपाले उपेक्षा गरेपछि आफूहरुले नेकपा माओवादी घोषणा गर्न बाध्य भएको बताए।
यसअघि असार १६ गते निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ता भएको थियो ।
नेकपा (एमाले) नाम गरेको दलको अध्यक्षमा सञ्जय अधिकारीको नाम रहेको छ। यसअघि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर हाल नेकपा गठन भएको छ।
तत्कालीन माओवादी नेता गोपाल किँरातीले नेकपा माओवादी केन्द्र नामकै दल दर्ता गरेका छन् र आयोगले त्यसलाई मान्यता पनि दिएका छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
