पोखरेल भए प्रदेश ५ काँग्रेस संसदीय दलको नेता

बुटवल । नेपाली कांग्रेसको प्रदेश नं. पाँच संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल सर्वसम्मत चयन भएका छन्। पाँच नं.प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पोखरेल उम्मेदवारी दिएको एक महिना पछि सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन् ।

अरू चार जना सांसद सँगै ८१ वर्षिय पोखरेलले पनि संसदीय दलको नेताको लागि गत फागुन ६ गते उम्मेदवारी दर्ता गराएका थिए।

Advertisement

दलको नेताको लागि पोखरेलसँगै उम्मेदवारी दर्ता गराएका रुपन्देहीका फकरूद्धिन खाँ, कपिलवस्तुका बीरेन्द्र कुमार कनौडिया, पाल्पाका बीर बहादुर राना र दाङका डिल्ली चौधरीले सोमबार उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक डा. बुद्ध बहादुर थापाले जानकारी दिए।

प्रदेश नम्बर पाँचको संसदीय दलको नेता चुन्नका लागि नेपाली कांग्रेसले पार्टीका केन्द्रिय सदस्य बालकृष्ण खाँणलाई जिम्मा दिएको थियो।

More News last news
Loading...