काठमाडौँ । साउन १३ गते कार्टुनमा राखेर फालिएको अवस्थामा वेवारिसे शिशु फेला परेको भन्ने समाचार सार्वजनिक भयो । सामाजिक सञ्जालमा उक्त शिशुको भिडियो र फोटो भाइरल बन्यो ।
भिडियो भाइरल बनेपछि धेरै मनकारी व्यक्तिले शिशुका लागि भन्दै थुप्रै सहयोग पनि दिए । तर अहिले उक्त शिशु वेवारिस नभएको पर्दाफास भएको छ।
कपनको आकाशेधारा चौरमा बेवारिसे अवस्थामा बच्चा फेला परेको भन्दै केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले १२ गते साँझ प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेकी थिइन् । त्यो खबर सार्वजनिक भएपछि देश–विदेशबाट सहयोग पनि आउन थाल्यो ।तर घटनामा नयाँ ट्वीस्ट आएको छ । बालगृह सञ्चालिका पुष्पा विवादमा तानिएकी छन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार शिशु बेवारिसे नभएको पाइएको छ । खाडी मुलुकबाट हालै उद्धार गरेकी एक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
