सुनको मूल्यले राख्यो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ९९ हजार ८०० पुग्दै नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको हो ।

Advertisement

यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।

More News last news
Loading...