टिका पुन र रामकुमारको तीज गीत ‘चुरीया हातैमा’ बजारमा

काठमाडौँ । चर्चित लोक तथा दोहारी गायिका टिका पुन र गायक रामकुमार बस्नेतको तीज गीत ‘चुरीया हातैमा’ बजारमा आएको छ ।

गायिका पुन र गायक बस्नेको सुमधुर आवाजमा रहेको उक्त गीत उदयीमान गीतकार अनिल खनालले लेखेका हुन् भने गायक बस्नेतले संगीत भरेका छन् ।

Advertisement

उक्त गीतमा, आखैँमा गाजल ओठैमा लाली चुरीया हातैमा, यसपाली तीज मनाउँछु मैले मायाको साथैमा, भेट भयो धेरैमा, भेट भयो धेरैमा, म कस्ती देखिएँ तिम्रो हेराइमा जस्ता शब्दहरु समेट्टिएका छन् ।

तीज गीतको म्युजिक भिडियोमा लोकप्रिय मोडल शंकर बिसी, शेखर खनाल, कृष्मा सिंह ठकुरी, रितु तामाङ लगायतको अभिनय रहेको छ। उक्त तीज गीत जय बज्रङ्गबली मिडिया हाउसले बजारमा ल्याएको हो ।

More News last news
Loading...