काठमाडौं । नेपाल धितोपत्र बोर्डले सगुनमा लगानी नगर्न आग्रह गरेको छ । केहि समय अघिदेखि नै धितोपत्र बोर्डले सगुनमा लगानी गर्न गरिएको प्रचारबारे अध्ययन गरिरहेको बोर्डले जनाएको छ । बोर्डले सूचना जारी गरेर लगानी नगर्न भनेको छ ।
सूचनामा भनिएको छ, “केहि समय यता विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमहरुमा विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेशन जस्ता कम्पनीले नेपाली लगानीकर्तालाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको समाचार र विज्ञापनहरुप्रति बोर्डको गम्भिर ध्यानाकर्षन भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ ९१० मा संगठनित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनुपर्ने र दफा २९ ९१० मा संगठनित संस्थाले एक पटकमा ५० जना भन्दा बढि व्यक्तिहरुलाई धितोपत्र विक्रि वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको विक्रि वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यावस्था रहेको छ।”
त्यस्तै, बोर्डको स्किृती बिना नेपालमा धितोपत्रको निष्काशन गर्ने कार्य गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुननको व्यावस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डको स्किृती प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्न बोर्डले आव्ह्वान गरेको छ ।
यस्तो छ बोर्डको सूचना

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
