सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, हेर्नुहोस् आजको भाउ ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ३०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ३०० रुपैयाँ बढेर ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

Advertisement

यस्तै तेजावी सुन तोलामा ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...