चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट मालबाहक कन्टेनर त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ।
बिहीबार विहान विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो।
ट्रकका चालक भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय मेडिकलमा उपचार भैरहेको छ। कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको बताइएको छ। बेपत्ता कन्टेनरको खोजी भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
