नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमडाौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। बुधबार पर्साका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो।

बुधबार ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र नेसनल मेडिकल कलेजमा ७१ वर्षीय पुरुषको मृत्यु भएको हो। दुवै जनामा पहिले नै स्वास्थ्य समस्या रहेको थियो । ७१ वर्षीय पुरुषमा मिर्गौलामा समस्या रहेको बताइएको छ। यस्तै अर्का ६८ वर्षीय पुरुष मुटु र निमोनियाका बिरामी रहेको जनाइएको छ।

Advertisement

दुवैको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

यस अघि आजै नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हालसम्म नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ।

More News last news
Loading...