काठमाडौँ । सुनको भाउले आज पनि रेकर्ड बनाएको छ। कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए।
उहाँकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस १३ डलरले बढेको छ। एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज १९ सय ४४ दशमलव ७० डलर प्रति औंस रहेको पनि उहाँले जानकारी दिए।
अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको शाक्यको भनाइ छ। यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
