स्याङ्जा । स्याङ्जामा सोमबार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
योसँगै जिल्ला प्रहरी कार्यालयमा मात्रै कोरोना संक्रमित हुने प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ।
‘सोमबार थप १८ जनामा संक्रमण पुष्टि भएको छ। साउन ७ र ८ गते ४ जना थुनुवासहित ९८ जनाको स्वाब संकलन गरिएको थियो,’ डीएसपी अधिकारीले भने, ‘जसमध्ये ३५ जनाको रिपोर्ट आउँदा १८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको हो। अन्यको रिपोर्ट आउन बाँकी छ।’
यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा सर्वसाधरण सेवाग्राहीलाई प्रवेश निषेध गरेर स्वाब संकलन गरिएको थियो।
डीएसपी अधिकारीका अनुसार संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई भिरकोट नगरपालिका-१ मा रहेको कालिका सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
