काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक सय ३३ जना थपिएसँगै कोरोना पुष्टि हुनेको कुल सङ्ख्या १८ हजार तीन सय ७४ पुगेको छ। सङ्क्रमितमध्ये १२ हजार नौ सय ४७ जना निको भएर डिस्चार्ज भएकोले क्वरेण्टीनमा पाँच हजार तीन सय ८३ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा एक सय सात जना डिस्चार्ज भएका छन्।
प्रदेश एकमा एक सय ४६, प्रदेश दुईमा एक हजार नौ सय एक, वाग्मतीमा चार सय ३९, गण्डकीमा तीन सय ३१, प्रदेश पाँचमा तीन सय ५४, कर्णाली प्रदेशमा तीन सय १५ र सुदूरपश्चिम प्रदेशमा एक हजार आठ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
