काठमाडौँ । काठमाडौँमा एक युवतीमाथि एसिड प्रहार भएको छ। ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि काठमाडौँको बाफलमा एसिड प्रहार भएको हो।
बिहीबारराति पौने ९ बजे युवतीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ। उनको अहिले कीर्तिपुरस्थित एक अस्पतालमा उपचार भइरहेको छ।
बजारबाट दही किनेर फर्किँदै गर्दा राति पौने ९ बजेतिर एक व्यक्तिले उनीमाथि एसिड छ्यापेका हुन् । एसिडले पोलेपछि उनी चिच्याउँदै दौडेर कोठा पुगेकी थिइन्। उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ।
यस्तो छ घटना क्रम
‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आग्रह गरे। ओखलढुंगाकी ती युवती र आलमबीच पुरानै चिनजान थियो।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
