भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले बनाएको पोखरीमा तीन जना बालक मृत फेला परेका छन्।
बुधबार वडा नम्बर–२ पृथ्वीनगरस्थित कमलधाप बस्ने १० वर्षीय अंकुश तामाङ बेपत्ता थिए। दिउँसो २ बजे घरबाट निस्केका उनी साँझसम्म नफर्किएपछि परिवारले आफन्तसमक्ष सोधिखोजी गरेका थिए।
बेलुकी आठ बजे आफन्तले तामाङलाई पोखरीमा मृत फेला पारेका थिए।
उनीसँगै खेल्न गएका अन्य दुई जना १४ वर्षीय करण थामी र उनका भाइ ११ वर्षीय अर्जुन थामी समेत बेपत्ता थिए। उनीहरू पनि हराइहेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले बिहीबार बिहानैदेखि खोजी गर्न थालेको थियो।
प्रदेश–१ को विपद व्यवस्थापन टोली, गुल्म चन्द्रगढी झापाबाट खटिएको टोलीले बिहान नौ बजे सिमसार क्षेत्रमा नगरपालिकाले बनाएको पोखरीबाट दुबै जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिए।
नगरपालिकाले बनाएको पोखरीमा बालकहरू मृत फेला परेपछि स्थानीय आक्रोशित छन्। बालकहरूको शव अझै उठाइएको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
