शोकमा डुब्यो महानायक राजेश हमालको परिवार

महानायक राजेश हमालको परिवार शोकमा डुबेको छ। राजेशका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको छ।

कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको थियो। राकेशका श्रीमती र दुई छोराछोरी छन्। राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएका छन्। उनीहरुका तीन दिदीबहिनी छन्। राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए। राजेश अहिले काठमाडौंमा नै छन्।

Advertisement

राजेशका भिनाजु खगेन्द्र जिसीले फेसबुकमा स्टाट्स लेख्दै आफ्ना सालो राकेशको मृत्युका बारेमा पुष्टि गरेका छन्। अमेरिकाको न्यूयोर्कमा बस्ने खगेन्द्र राजेश राकेशकी दिदी रेखा हमालका श्रीमान हुन्। खगेन्द्र र रेखा अमेरिकामा स्थायी रुपमा बसोबास गर्दै आएका छन्।

राकेश राजेशभन्दा ढेड वर्ष मात्रै कान्छा थिए। भाइको मृत्युको अघल्लो दिन राजेश हमालले सधै शान्ति होओस् भन्दै वौद्ध मन्दिरका तस्वीरहरु पोस्ट गरेका थिए। त्यसको भोलिपल्ट राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी शान्तिको कामना गरेका छन् । राजेशको पोस्टमा धेरैले कमेन्ट गर्दै श्रद्धाञ्जली व्यक्ति गरेका छन्।

को हुन राकेश ?

राजेश हमालका भाइ राकेश हमाल चलचित्र क्षेत्रबाट टाढै थिए। उनी गिरीजाप्रसाद फाउण्डेनका अध्यक्ष भएर लामो समयदेखि काम गर्दै आएका थिए। राजेशका पिता चुडामणी हमालले श्रीमती रेणु हमाललाई असाध्यै माया गर्ने हुँदा सबै छोरा छोरीको नाम र बाट जुराएका थिए।

More News last news
Loading...