स्याङ्जा । स्याङ्जाको गल्याङ्मा पहिरो खसेर एक महिलाको मृत्यु भएको छ।
गल्याङ नगरपालिका–१०, गाउँस्वारामा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ५२ वर्षीया माया सारुको मृत्यु भएको छ । उक्त पहिरोमा परी मायाकी २० वर्षीया छोरी नारायणी सारु घाइते भएकी छन् ।
घाइते छोरी नारायणीलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार भिरालो जमिनमा रहेको घर भन्दा २० मिटरमाथि रहेको ढिक्को खसेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
