आज झन् आकाशियो सुन-चाँदीको भाउ, अहिलेसम्मकै महँगो मूल्यमा कारोबार

काठमाडौँ । आज साउन ७ गते बुधबार सुनको भाउ ह्वात्तै बढेका छ । आज सुनको भाउ प्रतितोला १३ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासी महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ पनि आकाशिएको छ ।

आज तेजावी सुन ९३ हजार ५६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुन ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउमा उच्च रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भइरेहेको छ। मंगलबार चाँदी १०४० रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...