दुईवटा हात्ती भएको हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ।

नयाँ नोटमा  चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

Advertisement

यसअघिको नोटमा एउटा मात्र हात्तीको तस्बिर थियो। हात्तीबाहेक नोटमा अरु केही पनि फरक नहुने पनि बैंकले जानकारी दिएको छ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ। नयाँ नोटमा राष्ट्र बैंकका पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर छ।

More News last news
Loading...