धादिङको बेनीघाटमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ । भारी वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० मा पृथ्वी राजमार्गको सडक भत्काएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० मा पृथ्वी राजमार्गको भत्किएको सडक।

चितवन र धादिङ जोड्ने मौवा खोला पुलको धादिङपट्टी पर्ने सडक बाढीले भत्काएको बेनीघाट रोराङ-१० का वडाध्यक्ष अम्बर गुरुङले बताए। उनका अनुसार मौवा खोलाले पुलको छेउपट्टी कटान गरेकोले यातायात अवरुद्ध छ।

Advertisement

पहिरोले वडाध्यक्ष गुरुङको ३ वटा घर बगाएको छ भने त्रिशुलीपट्टीका घरहरु जोखिममा परेको छन् ।

More News last news
Loading...