चारकिलोमा पहिरो खस्यो, नारायणगढ–​मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौँ । चितवनको नारायणगढ–​मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

आज (सोमबार) बिहान ठूलो पहिरो खसेको र दुई वटा बिजुलीका पोलसहित ढलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार ठूलो पहिरो गएको र खस्ने क्रम पनि चलिरहेकाले पन्छाउन समय लाग्ने भएको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा पटक पटक पहिरो खस्ने गरेको छ । पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध छ।

More News last news
Loading...