पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ।
सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा जिल्लाको तानसेन नगरपालिका वडानम्बर ८ मा पर्ने गौडेपुल नजिकैको सडक पूर्णरुपमा अवरुद्ध भएको हो।
बिहीबार राति खसेको पहिरोले सडकमा फसेको लु १ क ११७५ नम्बरको ट्रक शुक्रबार रातिको पहिरोले पुरिएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बता ए।
ट्रक पुरिँदा मानवीय क्षति भए–नभएको बारे यकिन हुन नसकेको उनले बताए। २ सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहित खसेको पहिरो पन्छाउन बुटवल र पाल्पाबाट जेसीबी ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
