ब्लड क्यान्सरसँग जुध्दै ३० महिनाका बालक, परिवारद्वारा आर्थिक सहयोगको अपिल

कलंकी, काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका–४ बस्ने कपिल थापा मगरका ३० महिनाका छोरा सुप्रित थापा मगरलाई ब्लड क्यान्सर भएकाले छ। उनको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

लामो समय अस्पताल राख्नुपर्ने र आफुँहरुको आर्थिक अबस्था निकै कमजोर रहेकाले छोराको जीवन बचाउँनका लागि सहयोगको याचना गरिएको परिवारले जनाएको छ।

Advertisement

बालकका बुबा थापाले नयाँ पुस्तासँग भने, “अहिलेसम्म जसरी तसरी उपचार गयौँ । अहिले परिवार आर्थिक रुपमा टाट पल्टिसकेको छ । अझै कति समय र कति रकम लाग्ने हो लेखाजोखा छैन । आर्थिक अभावकै कारण छोराको उपचार हुन कठिन हुने हो कि भन्ने चिन्ता छ । यहाँहरु सबैले मेरो अबोध छोराको उपचारका लागि सहयोग गरिदिनुहुनेछ भन्ने ठुलो आशा छ।”

अहिले बिरामी बालकको निजामति कर्मचारी अस्पताल मिनभवनमा उपचार भईरहेको छ। बालकको उपचारका लागि सहयोग गर्न चाहने व्यक्तिहरुले उनको ठुलोबुबा बासु थापा मगरको प्रभू बैंक कलंकी शाखामा रहेको खाता नम्बर ०३४००४५२४५३०००११ मार्फत सहयोग गर्न सक्नेपनि परिवारले जनाएको छ ।

आर्थिक सहयोगका लागी 

बासु थापा मगर ९८५१०८८६७७

खाता नम्बर ०३४००४५२४५३०००११ 

प्रभु बैँक लि, कलंकी शाखा

More News last news
Loading...