तनहुँ । तनहुँको दमौली बजारबाट नजिकै रहेको मादी पुल आसपासमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
अविरल वर्षासँगै बिहान करिब ५ बजेतिर दुर्गा मन्दिर नजिकै आएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध बनेको हो। अहिले अवरुद्ध पहिरो हटाई सडक खुलाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएतापनि लकडाउनका कारण गाडीको आवतजावत कम हुँदा राजमार्गमा गाडीको चाप भने देखिएको छैन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
