पोखरा । लमजुङको पहिरोमा परी ज्यान गुमाएका नेता दिवक तामाङ, उनकी धर्मपत्नी विमाया तामाङ र नाबालक छोरा छेवान तामाङको निधनप्रति नेपाल तरुण दल लमजुङले दुःख व्यक्त गरेको छ ।
शुक्रबार बेशीसहर नगरपालिका ७, सातविसेमा पहिरो आउँदा नेता तामाङसहित पविारको तीन जनाको ज्यान गएको थियो।
आज शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाल तरुण दल लमजुङले भनेको छ, “नेता तामाङ्को निधनले तरुण दल र सिँगो नेपाली काँग्रेसलाई अपूर्णनीय क्षति पुगेको छ । यस दुखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै शोकाकुल परिवारजन एवं आफन्तजन सबैमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रधान गरुन् । उक्त घटनामा परी घाइते भएका सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौँ ।”
साथै तरुण दल र नेपाली काँग्रेस प्रतिको योगदान, कृयाशिलता र प्रजातन्त्र प्रतिको आस्थाको नेपाल तरुणदल लमजुङ स्मरण गर्दै उनी प्रति उच्च सम्मान प्रकट गर्दछ, तरुण दल लमजुङका अध्यक्ष ललित कुमार गुरुङ्गद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
