काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष एवं काँग्रेसका महाधिवेशन प्रतिनिधि सागर परियारले बागलुङका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेका छन ।
कोरोनाका जोखिम न्युनिकरणका निम्ती केही सहयोग पुगोस भन्ने उद्देश्यले गृह जिल्ला बागलुङमा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् । परियारले मंगलबार एक संक्षिप्त कार्यक्रम मार्फत नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषलाई २ सय ५० थान सर्जिकल माक्स, २४ थान सेनिटाइजर, सर्जिकल गोलब्स लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन ।
परियारले जिल्लामा कोरोनाको जोखिम बढदै गएको अवस्थामा अग्रपंङतीमा खटिएर समाचार संकलन गर्ने संचारकर्मी एवं पत्रकारको जोखिम न्युनिकरणका निम्ती आफुले स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । परियारले नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा मार्फत जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको विभिन्न स्थानमा आवस्यक पर्ने मास्क र अन्य स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेका हुन् ।
उनले यसअघि पनि बलेवा क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक पिपिई सहित स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
