गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना पुष्टि

काठमाडौँ । काठमाडौँको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले उनीहरूमा संक्रमण भएको पुष्टि गरेका छन्।
पद्यपी अस्पतालले भने यसबारे मन्त्रालयले नै औपचारिक जानकारी गराउने बताएको छ।

Advertisement

अहिले अस्पतालको आकस्मिकबाहेक सबै सेवा अर्को सूचना नआउदासम्मका लागि बन्द गरिएको छ।

यसअघि पनि काठमाडौँ मेडिकल कलेज, टिचिङ अस्पतालका बिरामी र स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो।

More News last news
Loading...