आज पनि सुनको मूल्य घट्यो, हेर्नुहोस् कति छ आजको मूल्य ?

काठमाडौँ । आज साताको छैठौँ दिन अर्थात शुक्रबार पनि सुनको भाउ घटेको छ।

आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कोरोबार भइरहेको छ। बिहीबार तेजावी प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ प्रतितोला ९४० रुपैयाँमा कोरोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ९५० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...