भाग्य चम्काउन चाहानुहुन्छ ? यी उपाय अपनाउनुस् (भिडियो)

वास्तुशास्त्रमा केही यस्ता चिजको बारेमा बताइएको छ, जसलाई आफ्नो आसपास राखेर आफूमा सकारात्मक बदलाव ल्याउन सकिन्छ। यसले भाग्य चम्काउन सकिन्छ। कतिपय मानिस आफ्नो करियर वा व्यापार राम्रो बनाउन दिनरात मेहनत गर्छन्। तर, अपेक्षा अनुसार सफलता पाउँदैनन्। कयौं पटक आसपास रहेको नकारात्मक ऊर्जाले सफलतामा बाधा उत्पन्न गराउँछ।

फेइङशुईमा आसपासको वातावरण सकारात्मक ऊर्जाले चार्ज गर्ने वा सफलताको दर बढाउने केही सजिलो उपाय दिइएको छ। यी उपाय गरेर भाग्य चम्काउन सकिने वास्तुविद् बताउँछन्। वास्तुशास्त्र अनुसार केही यस्ता चिज छन्, जसलाई आसपास राखेर आफूमा सकारात्मक बदलाव ल्याउन सकिन्छ।

Advertisement

१) आफ्नो गुड लक बढाउन घरभन्दा बाहिर गमला राखेर त्यसमा बिरुवा रोप्नुस्। गमलामा तीन सिक्का राख्नुस्। सकेसम्म निलो गमलामा बिरुवा रोप्नुस्।

२) घर वा कार्यालयमा यस्तो कुर्सी प्रयोग गर्नुस्, जसको पछाडिको भाग सामान्य कुर्सीभन्दा अग्लो होस्। घरमा राखिएको पेन्टिङ वा तस्बिर आफ्नो उचाइभन्दा अग्लो हुनुपर्छ। यसले गुड लक बढाउन मद्दत गर्छ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...