निकै भाग्यमानी र अद्भूत हुन्छन् यी राशिका व्यक्ति, तपाईको कुन ?

ज्योतिषशास्त्रमा १२ वटा राशि उल्लेख गरिएको छ। तपाईमाथि गृह, नक्षेत्रको के कस्तो प्रभाव परेको छ, यो कुरा राशिले स्वतः दर्शाउँछ। कुनै पनि व्यक्तिको भविष्य कस्तो होला ? उसले भविष्यमा के के काम गर्ला भन्ने अनुमान मानिसको ग्रह फलबाट सजिलै थाहा पाउन सकिने शास्त्रमा उल्लखे छ।

कुनै व्यक्तिलाई उसको राशिको माध्यमबाट पनि चिन्न सकिन्छ। अर्थात राशिभित्र एक खास खुवी हुन्छ, जुन व्यक्तिको जस्तो राशि हुन्छ त्यो खुवी स्वतः उसभित्र प्रेवश गर्छ ।

Advertisement

आज हामी तपाईलाई तपाईको राशिको एक महत्वपूर्ण खुवीबारे जानकारी दिदैछौँ। ज्योतिषीअनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् । तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै उर्जावान र मेहनती हुन्छन् । यी राशिका व्यक्तिलाई कसैका सामु झुक्नु पर्दैन्, उनीहरु मेहनतमा विश्वास गर्ने र लगनशील पनि हुने गर्दछ।

मेष राशि

मेष राशिलाई श्रेणीमा सबैभन्दा पहिलो नम्बरको राशि मानिन्छ । जो राशि अन्य सबै राशिभन्दा उर्जावान मानिन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् । कहि कति अलमल गर्नु वा रोकिनु यीनिहरुको स्वभामा हुँदैन् । यदी कसैले यो राशिका मानिसहरुलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाडिदिन्छन् ।

मेष राशिका मानिसहरु कसैमाथि भरोसा गर्दैनन् । कुनै पनि कुरालाई सधैं आफू मातहत राख्न सक्षम हुन्छन् । कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन्, र धेरैजसो अवस्थामा सफल पनि हुन्छन् । यीनिहरु कसैसँग प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन् ।

बृश्चिक राशि

बृश्चिक राशिका मानिसहरु समर्पित र इमान्दार हुन्छन् । साथै यस राशिका व्यक्तिहरुको भित्र विद्रोही भावना पनि प्रमुखताका साथ हुन्छ । जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्तिले इमान्दारी निभाउँछन । तर, जो व्यक्तिहरु खुद धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सावधान रहनु जरुरी हुन्छ ।

यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यीनिहरुलाई सहन मुस्किल पनि हुन्छ । बृश्चिक राशिका मानिसहरुमा भविश्यका संभावित घटनाबारे थाहा पाउने अद्भुत क्षमता हुन्छ ।

कुम्भ राशि

कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनीहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन् । यदी जरुर पर्यो भने यीनिहरु आफ्नो भावन र संवेदनशीलताको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन् । कुम्भ राशिका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन् । यीनिहरु बुद्धिमान पनि मानिन्छन् । यीनिहरु जिद्धी स्वभावका हुनुका साथै आत्मविश्वासी पनि हुन्छन् ।

मकर राशि

यो राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ, किनभने यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना धेरै प्रबल हुन्छ । अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् । मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै नै हुन्छ। जस कारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन्।

More News last news
Loading...