‘द भ्याइस अफ नेपाल’ फेरि विवादमा: विजेताले भने, आत्महत्या गर्नुपर्ने हो ?

सिङगिङ रियालिटी शो ‘दि भोइस अफ नेपाल’ को पहिलो संस्करणका बिजेता सिडी विजय अधिकारीले डेढ वर्ष बितिसक्दा पनि बाचा गरेअनुसारको उपहार नपाएको गुनासो गरेका छन्। अधिकारीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यस्तो खुलासा गरेका हुन् ।

उनले आफ्नो भावना बुझेर अन्यथा नासोचिकन सल्लाह सुझाव दिनका लागि प्रशंसकलाई आग्रह गरेका छन्।

Advertisement

उनले लेखेका छन्, ‘हजुरहरुले विश्वास गरेर र माया गरेर द भोइस अफ नेपालको उपाधि दिलाइदिनु भएको वर्षौं भाइसकेपनि भोइस टिमबाट बिजेताप्रति खासै चासो, सहयोग, प्रवद्र्धन र लगाव नभएको शंका त मनमा पहिलेदेखि नै लागिरहेको थियो । जब वर्षौं बितिसक्दा पनि सम्पूर्ण प्राइज र म्युजिक भिडियो प्रोजेक्ट हस्तान्तरण गरिनक्नुले म ज्यादै चिन्तित भइसकेको छु र केही कदम चाल्ने मानसिकतामा पुगेको छु।’

अधिकारीले प्रशंसकलाई यसका लागि आफूलाई सहयोग गर्न तयार भए नभएको पनि जान्न चाहेका छन् । यसबारे उनले लेखेका छन्, ‘मलाई सहयोग गर्न तयार हुनुहुन्छ कि हुनुहुन्नँ, कृपया यति भनिदिनुहोला । यहाँहरुको आशिर्वादले बाँचेको मान्छे अब यहाँहरुकै हात र सल्लाहको डोरी समाएर आफ्नो आगामी कदम चाल्न चाहन्छु।’

उनको यो पोस्टमा दुई सय बढीले कमेन्ट गर्दै आफूहरुले भरपुर सहयोग गर्ने बाचा गरेका छन्। अधिकारीको उक्त पोस्टमा भोइसका उद्घोषक तथा कार्यकारी निर्माता सुशिल नेपालको पनि प्रतिक्रिया आएको छ।

उनले अधिकारीको फेसबुक स्टेटसले आफूलाई दुःखी बनाएको फेसबुकमार्फत् नै जानकारी दिएका छन्।

यसका साथै उनले सिडी विजय अधिकारीले मात्रै नभई अन्य सहभागीले अन्याय गरेको भनेर आरोप लगाएपनि आफूहरुले कसैमाथि आजसम्म अन्याय नगरेको र भविष्यमा पनि नगर्ने प्रस्ट पारेका छन्।

उनले लेखे, ‘मैले पनि सङ्गीत जगतमा केही गर्ने सोचले नै आफ्नो घर जग्गा धितो रोखर शोको सुरुवात गरेँ । कुनै पनि प्रतियोगीबाट एक रुपैयाँ पनि शुल्क लिइनँ बरु एक छाक खाएँ । साथीहरुसँग सर–सापट दिएर काठमाडौंको सबैभन्दा महँगोमध्येको भिल्ला भाडामा लिएर ३६ जना सहभागीलाई खाने बस्ने व्यवस्थामात्रै होइन तिनीहरुले लगाउने अन्तरवस्त्र पनि धोइदिने जिम्मेवारीमा त्यस ठाउँमा राखेँ।’

‘अहिले सम्म जहाँ गीत गाएका छन् र जति पैसा आएको छ, हिसाब गरेर देको नै छु । सिडी विजयलाई पनि अहिलेसम्म २७ लाख दिइसकेको छु । बाँकी रकम नदिएर हुँदैन, दिन्छौं नै, ’ उनले लेखे, ‘हामीले गरेको बाचा जसरी पनि गर्छौं ढिला भएकोमा क्षमता माग्छौं सिडी विजय । हुनत यी सब कुरा तपाईंलाई राम्रोसँग थाहा छ तरपनि फेसबुकबाट नै हामीलाई नाङ्गो बनाइदिनु भएछ त्यसैले मैले पनि तपाईंलाई भनि रहेको कुरा फेरि यहाँ लेख्न बाध्य भएँ । माफ गर्नुहोला।’

सुशीलको यस्तो प्रतिक्रिया आएपछि सिडीले पुनः प्रश्न सोधे, ‘एउटा कलाकारले आफ्नो सत्यता, धैर्यता, वास्तविकता र पीडा सबैले बुझिदिउन् भन्नका लागि के अब आत्महत्या नै गर्नुपर्ने हो रु दाइ, मैले पनि यत्तिका वर्षसम्म तपाईंहरुलाई नबुझिदिएको भए दोस्रो सिजन सुरु नै हुनेथिएन होला।’

यसमा उनले थपेका छन्, ‘पटक पटक हजुरहरुमाझ भेट्ने र विभिन्न माध्यमबाट बिन्ती चढाउने काम मैले नगरेको होइन । अब म जुन अवस्थामा छु त्यो प्रमाण म कसरी दिउँरु तपाइँहरुको त्यत्रो जनाको टिमले बसेर मिलेर पनि एउटा वर्षौँ अघिको बिजेताको अवस्थालाई सम्हालिदिन पहल गर्नुहुन्न तर अन्य भिन्न शोहरु र अन्य सिजनहरु चलाउने अनि फेरि अर्को सिजनको तयारी धुमधामले कसरी गर्नुहुन्छरु मैले मनमा कुनै पनि पाप राखेर कुनै बाध्यता बिना फेसबसकमा सहयोग याचना गरेको भए सरस्वती माताको श्राप लागोस् मलाई दाइ।’

More News last news
Loading...