रसुवा बाहेक सबै जिल्लामा फैलियो कोरोना, २४ घण्टामा थपिए ५३५ नयाँ संक्रमित

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमिको सङ्ख्या नौ हजार पाँच सय नाघेको छ। पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नौ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म नौ हजार पाँच सय ६१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

Advertisement

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा सात जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना सङ्क्रमण देखिएको प्रवक्ता डा. गौतमले बताए ।

साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा एक सय तीन जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ।

More News last news
Loading...