काठमाडौँ । सुनको मूल्य ९१ हजारभन्दा माथि पुगेको छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ।
महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९१ हजारमा कारोबार भइरहेको छ।
यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
