सुनको भाउले बनायो इतिहास रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ। आज सुनको भाउ अहिलेसम्मकै महंगो भएको हो।

आइतबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ८९ हजार ८ रुपैयाँमा कोरोबार भएको थियो।

Advertisement

त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार १६० रुपैयाँमा कोरोना भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ६५ मा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ पनि आइतबार प्रतितोला १० रुपैयाँले बढेर तोलाको ९४० रुपैयाँमा कोरोबार भइरहेको छ।

More News last news
Loading...