थप ३२ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा आजमात्रै थपिए ७४ संक्रमित

काठमाडौँ । नेपालमा बिहीबार बिहान फेरि थप ३२ जनामा कोरोना पुष्टि भएको छ।

गण्डकी प्रदेशका ५ जिल्लामा आज थप ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। यसअघि आजैमात्र गण्डकीका ४ जिल्लामा ४२ जनामा संक्रमण पुष्टि भएको थियो ।

Advertisement

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ। अहिले थपिएका नयाँ संक्रमितहरु सबै भारतबाट फर्किएर–आफ्नो स्थानीय तहको क्वारिन्टिनमा बस्दै आएका नागरिक रहेको निर्देशनालयले जनाएको छ ।

भर्खरै संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका ९ जना, पर्वतमा ४ जना, तनहुँमा ३ जना, नवलपरासीमा १३ जना, र बागलुङमा १ जना गरी ५ जिल्लामा ३० र पर्वतका २ जना रहेका छन् ।

यसअघि आज बिहान पूर्वी नवलपरासी (सुस्ता पर्व) १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण देखिएको देखिएको थियो । मनाङमा पनि कोरोना पोजेटिभ देखिएसँगै गण्डकीका ११ जिल्लामध्ये कोरोना संक्रमण १० जिल्लामा फैलिएको छ।

More News last news
Loading...