तनहुँका २ जनामा कोरोना पुष्टि, गण्डकीमा २२६ पुगे संक्रमित

लेखनाथ । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रेहकाका बर्ष १२ र ४६ का २ जना पुरुषमा पनि कोरोन पुष्टि भएको छ।

त्यसैगरी पोखरामा उपचाररत एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

पोखरा महानगरपालिका पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा उपचार गराइरहेका ९० वर्षीय वृद्धमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ। अहिले संक्रमितलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा ल्याउने तयारी भैरहेको छ ।

तनहुँका  संक्रमितलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याउने तयारी भैरहेको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको छ । 

 

 

More News last news
Loading...