नेपालमा आज थप ३२४ जनामा कोरोना पुष्टि

काठमाडौँ । मंगलबार थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८६ पुगेको छ ।

म‌ंगलबार पहिलो पटक इलाममा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

Advertisement

आज भरतपुरको आइसीयुमा उपचाररत ६० वर्षीय पुरुषको निधन भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

More News last news
Loading...